इनरुवा,। आजै विश्वासको मत लिने गठबन्धनको निर्णय भएका छन् । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको आङ्बोले बताए । प्रदेशसभा बैठक कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।





