स्कूल बसको ठक्करबाट बालिका गम्भीर घाइते, उपचारका क्रममा मृत्यु

झापा,। झापाको बुद्धशान्तिमा स्कूल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका क्रममा आज  मृत्यु भएको हो ।

स्कूल बसको ठक्करबाट गम्भीर घाइते ८ वर्षीया समीक्षा बस्नेतको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आमा रीता बस्नेतले चलाएको साइकल पछाडि बसेकी समीक्षालाई बुद्धशान्ति गाउँपालिका-३ स्थित जयपुर–बुधबारे सडकखण्डमा बसले ठक्कर दिएको थियोे । दुर्घटनामा समीक्षासहित ३५ वर्षीया आमा रीता र ५ वर्षीय भाइ सन्दीप घाइते भएका छन् ।

उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालक बुद्धशान्ती १ का ३५ वर्षीय मदन घिमिरेलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

Related Posts