भानुभक्त जोशीलाई एकीकृत समाजवादीले समिति सभापति बनाउने

फाइल तस्बिर

काठमाडौं,। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले समिति सभापतिको उमेदवार टुंगो लगाएको छ ।

गठबन्धन भागबण्डामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको एकीकृत समाजवादीले समितिको उमेदवार टुंगो लगाएको हो ।

प्रमुख सचेतक मेटमणि चौधरीका अनुसार भानुभक्त जोशीलाई उमेदवार बनाइनेछ । जोशी गत मंसिर ४ को निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए ।

Related Posts