इनरुवा,। सुनसरीको चतरास्थित सप्तकोसी पुल नजिक एउटा बेवारिसे कार फेला परेको छ । गएराती २ बजेदेखि कार त्यहाँ देखिएको स्थानीयले बताएका छन् ।
प्रदेश १-०२ ००२ च ४१६६ नम्बरको हुन्डाइ कम्पनिको सिल्भर कार अलपत्र भेटिएको हो । कारमा अंग्रेजी अल्फाबेट एच को संकेत लेखिएको कार डाक्टर प्रज्वल कोइरालाको नाममा देखिएको र विराटनगरस्थित लाइफ गार्ड हस्पिटलको कागजपत्रसमेत पाइएको बताइएको छ । स्थानीयहरुले पुलको बिच भागमा जुत्ता र मोबाइल भेटेका छन् ।






