बराहक्षेत्र,। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ बराहक्षेत्र मन्दिर नजिकै रहेको कोकाहा खोलामा शव फेला परेको छ ।
बिहीबार बिहान ११ बजेतिर शव फेला परेको हो । शवको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्ष उमेरको देखिने, कपाल दाह्री लामो र फुलेको हुलिया भएको पुरुषको शव फेला परेको हो ।
शवको कानुनी प्रक्रिया पूरा गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।





