नेपाल मुस्लिम संघद्वारा सुनसरीका ४ जना नेता सम्मानित

नसीम अन्सारी
काठमाडौं,। नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनमा सुनसरीका ४ जना नेता सम्मानित भएको छ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघले आफ्नो तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीका ४ जना मुस्लिम नेताहरुलाई सम्मानित गरिएको हो।

राष्ट्रिय सभा गृह काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको छ।

सम्मानित हुनेहरुमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र दुहबीका नेता हाजी अब्दुल राइनसहित सुनसरीका ४ जनालाई नेपाली काँग्रेस पार्टीका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानित गरेका छन् ।

प्रदेशसभा सदस्य मन्सुरीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा सुनसरी क्षेत्र नम्बर-४(ख) बाट निर्वाचित भएको र कोशी प्रदेशसभामा ज्येष्ठ सदस्यको हैसियतले अध्यक्षताको जिम्मेवारी पाएकोले भुमिका राम्रोसँग निर्वाह गरेको भन्दै दोसल्ला र सम्मान पत्रबाट सम्मानित भएको आयोजकले जनाएको छ ।

नेपाल मुस्लिम संघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य मन्सुरीलाई कोशी प्रदेशको १४ वटै जिल्लामा संगठन विस्तार र सुदृढीकरणमा उत्कृष्ट प्रदेशको रुपमा चिनाउन सफल भएकोमा उनलाई महाधिवेशनमा सम्मानित गरिएको हो ।

त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगर गाउँपालिकामा दोस्रो पटक निर्वाचित हुन सफल भएकोमा र मुलुकभरीमा हरिनगर गाउँपालिकामा विकास र योजनाका गतिविधिहरु सञ्चालन गरी नमुना विकास गरेको भन्दै नेपाल मुस्लिम संघ उच्च सम्मानका साथ दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको हो ।

त्यसैगरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले पनि स्थानीय तहको निर्वाचनमा दोस्रो पटक निर्वाचित भएको र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुलाई विजयी गराउन सफल भएको भन्दै नेपाल मुस्लिम संघले सम्मानित गरेको हो ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर-४ का क्षेत्रीय सभापति समेत रहेका अन्सारीले सुनसरी क्षेत्र नम्बर-४ मा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की, प्रदेशसभा (क) मा सदानन्द मण्डल र प्रदेशसभा (ख) हाजी इस्राइल मन्सुरीलाई निर्वाचित गराउन सफल भएको थियो ।

कुशल नेतृत्वको पहिचान दिन सकेको र सुनसरीमा चारवटा निर्वाचन क्षेत्र मध्ये सुनसरी-४ मा उम्मेदवारहरु निर्वाचित भएको र बाकी रहेको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार पराजित भएको हुँदा सुनसरीको इज्जत र गरिमा बढाउन अन्सारीको भुमिका अपरिहार्य रहेको भन्दै सम्मानित गरिएको हो ।

त्यसैगरी दुहबीका अगुवा नेता राइनले प्रजातन्त्र स्थापना गर्न कालदेखी गोलि खाएको हुँदा र नेपाली काँग्रेस पार्टीमा ठुलो योगदान दिएकोले नेपाल मुस्लिम संघले योगदानको कदर गर्दै सम्मान गरिएको संघले जनाएको छ ।

भोलि मंगलबार नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छन् ।

 

Related Posts