काेशी प्रदेश अध्यक्षमा खतिवडा र ढकालको उम्मेदवारी, भोलि निर्वाचन हुने

इनरुवा,। नेकपा एमाले काेशी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि घनश्याम खतिवडा र विनोद ढकालको उम्मेदवारी परेको हो ।

प्रदेशको नेतृत्वका लागि सहमति जुटाउने प्रयास भएको थियो । दुवै आकांक्षीले आफ्नो दाबी नछाडेपछि अब निर्वाचनबाट नेतृत्व छनोट गरिने भएको छ । अधिवेशन निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको छ ।

खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् भने ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् ।

नेतृत्व चयनका लागि भोलि (आइतबार) बिहान ११ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने जनाइएको छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोसी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।

Related Posts