एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

इनरुवा,। नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन । खतिवडाले ५१२ र अर्का प्रत्याशी विनोद ढकालले ४३९ मत पाए ।

प्रदेश अध्यक्षमा विजयी भएसङै नेकपा एमाले मोरङको पाँचौँ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए ।

यस पछि उनीहरूका बिचमा प्रतिस्पर्धा भएको थिएन ।खतिवडा मदन भण्डारीसङ काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् ।

मोरङको तत्कालीन जाते गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनले डिक काङ्ग्रेसका बहादुर लिम्बुलाई पराजित गरेका थिए ।

२०७९ को निर्वाचनमा भने उनी लिम्बूसङै पराजित भएका हुन । कूल ९९७ प्रतिनिधि रहेको अधिवेशनको ९७७ मत खसेको थियो ।
एमाले कोशीको अधिवेशन मा सचिवमा राजकुमार भन्डारी विजयी भएका छन । उनले अर्का प्रत्याशी सैलेश लामालाई हराए । जलबर्षा राजबन्शी र देवान राई विजयी भए ।

Related Posts