सुनसरी,। कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सोमबार तालमेल गर्ने सहमति भएको छ । सत्ता गठबन्धनसँग मिलेर कोशीमा सभामुख पद लिएको दुई सातामै राप्रपाले एमालेसँग तालेमलको सहमति गरेको हो ।
दुई दलका कोशी प्रदेश अध्यक्षले गरेको लिखित सहमति अनुसार ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्यतर्फ एमालेले आफ्नो उम्मेदवार परशुराम अधिकारीको साटो राप्रपाका उद्धव पौडेललाई मत दिनेछ भने राप्रपाले महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई मत दिनेछ ।
कोशीमा सत्ता गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।
एमाले र राप्रपाबीच सोमबार भएको सहमति






