कोशीमा मेयर हर्क साम्पाङ र जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित

सुनसरी,। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका दुई मतदाता बिहीबार मतदानमा अनुपस्थित भएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन् ।

साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न आउन नसकेको बताए । गच्छदार मुटुसम्बन्धी बिरामी भई विराटनगरस्थित अस्पतालमा भर्ना भएका छन् ।

झापाको झापा गाउँपालिकाका प्रमुख जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण निर्वाचन आयोगले उनको नाम मतदाता नामावलीबाट हटाएको थियो ।

बिहीबार भएको मतदानमा कोसी प्रदेशमा १३७ स्थानीय तहका प्रमुखरउपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए ।

Related Posts