इनरुवा १२ भदौ,। नेकपा (एमाले) निकट जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरी जिल्लाको चौथो अधिवेशन शनिबार इनरुवामा हुने भएको छ ।
आज जिल्ला, प्रदेश र केन्द्रीयका पदाधिकारीहरुले नेकपा (एमाले) पार्टी कार्यालय इनरुवामा बसेको बैठकले भदौ १५ गते सुनसरीको इनरुवामा चौथो अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाका सबै पालिका र भुगोल अनुसार २ सय १० जना अधिवेशन प्रतिनिधित्व गराउने निर्णय समेत गरेका जिल्ला इन्चार्ज अफाक अहमदले बताए ।
अहमदले दिएको जानकारी अनुसार अधिवेशन गराउन विभिन्न समितिहरु पनि गठन गरिएको उनले जानकारी दिए । अधिवेशनमा करिब ५ सय प्रतिनिधि सहभागी रहने उनको दाबी छ ।





