नसीम अन्सारी
इनरुवा,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट जनवर्गीय संगठन नेपाल मुस्लिम ईत्तेहाद संगठन सुनसरीको चौथो जिल्ला अधिवेशन भदौ १६ गते सम्पन्न भएको थियो ।
उक्त अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष अन्सारीको नेतृत्वमा सम्पन्न भएको जिल्ला अधिवेशनले उपाध्यक्षमा मो. एजाजुल, सचिवमा आकिब हुसेन, उपसचिवमा नवाजुल सिद्दिकी लगायत २५ जना सदस्यसमेत चयन गरिएको थियो ।
सोही मुस्लिम ईत्तेहाद संगठन सुनसरीका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ। नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इञ्चार्ज तथा पूर्व मन्त्री जगदिश प्रसाद कुसियैतले बुधबार एक कार्यक्रमकाबीच सपथ ग्रहण तथा पदस्थापन
गराएका हुन्।
सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इञ्चार्ज तथा पूर्व मन्त्री जगदिश प्रसाद कुसियैतले सुनसरीमा मुस्लिम समुदायको बसोबास बढी रहेका कारण मुस्लिम समुदायलाई विभाजन गर्ने र भोट बैंक बनाउन सबै दलले प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोलदै सुनसरी क्षेत्र नम्बर-४ का संघीय सांसद ज्ञानेन्द्र बाहादुर कार्कीलाई लक्षित गर्दै भने अरु समुदायले पानी समेत नदिनेलाई मुस्लिम समुदायले पानी खुवाउने काम गरिरहेको उहाँले बताउनुभयो ।
सुनसरी क्षेत्र नम्बर -४ मा अरु समुदायहरुले बस्न समेत दिरहेको छैन । विरोध र गाली गरिरहेका भएता पनि मुस्लिम समुदायले बोक्ने काम गरिरहेका पुर्व मन्त्री कुसियैतले बताउनुभयो ।
त्यसैगरी मिशन २०८४ लाई लक्षित गर्दै सुनसरीका १२ वटै स्थानीय तहमा नेपाल मुस्लिम ईत्तेहाद संगठन विस्तार गर्ने सुनसरीको चौथो जिल्ला अधिवेशनबाट पदाधिकारी र सदस्यहरुलाई निर्देश दिनुभएको छन् ।
उहाँले जनताका अगाडि पार्टीलाई सशक्त बनाउने गरी पार्टीका नीति तथा कार्यक्रमहरुलाई जनताबीच लैजाने गरी काम गर्न मुस्लिम ईत्तेहाद संगठन सुनसरीमा आवद्धहरुलाई आग्रह समेत गरेका छन् ।
त्यसैगरी कार्यक्रममा बोलदै पार्टी केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रका महासचिव तैयब हुसेन मुस्लिम समूदायबीचको एकता र आपसी सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुपर्न बताए ।
कार्यक्रमका प्रमुख आतिथ्यमा नेकपा एमाले का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इञ्चार्ज तथा पूर्व मन्त्री जगदिश प्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रका महासचिव तैयब हुसेन, प्रदेश सदस्यद लश्करी अन्सारी, नेकपा (एमाले) सुनसरी जिल्लाका कार्यवाहक अध्यक्ष पशुराम यादव, जिल्ला सदस्य अवास अन्सारी लगायतका नेताहरुको सहभागी रहेका थिए।
आबिद हुसेनको अध्यक्षता र अफाक अहमदले कार्यक्रमको उद्वघोस गरेका थिए।