नसीम अन्सारी
सुनसरी,। नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन मंसिर २९ गते शनिबार हुने भएको छ ।
मुस्लिम संघ कोशी प्रदेश कार्यसमितिले मंसिर २३ गते बसेको बैठकले नेपाली काँग्रेसका केन्द्रीय उप-सभापति तथा पुर्व रक्षा मन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतमा अधिवेशन गर्ने निर्णय गरेको मुस्लिम संघका कोशी प्रदेशका सचिव नईम अन्सारीले जानकारी दिएको हो ।
नेपाली काँग्रेस सुनसरीको पार्टी कार्यालयमा हुने अधिवेशनले मुस्लिम संघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
नेपाल मुस्लिम संघ कोशी प्रदेशको नेतृत्वमा वर्तमान सभापति सुनसरी क्षेत्र नम्बर-४ प्रदेश (ख) बाट निर्वाचीत कोशी प्रदेश सभा सदस्य माननीय डा. इस्राइल मंसुरीले नै दोहोरिने इच्छा देखाएका छन् । उहाँले सहमतिमै नेतृत्व चयन गर्न छलफल भैरहेको समेत बताएका छन् ।





