भुटाहा,। नेकपा एमाले पार्टीको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेश सदस्यमा हरिनगरका दुई जना मनोनित भएको छ।
मनोनित हुनेमा सुनसरीको हरिनगर गाउँपालिका-२ भुटाहाका तफेजुल अन्सारी र हरिनगर-५ वसन्तपुरका डा. प्रवेज आलम अन्सारीलाई मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेश कार्यसमितिले सोमबार सदस्य पदमा मनोनित गरिएको हो । दुवै जना मुस्लिम इत्तिहाद संगठन सुनसरी जिल्ला कार्यसमिति सदस्य पदमा यो भन्दा अगाडि मनोनित भएको थियोे ।
इत्तिहाद संगठन सुनसरीले दुवै जनाले पार्टी र संगठनको लागि गरिएको योगदानलाई ध्यानमा राखि मुल्यांकन गर्दै मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेश कार्यसमितिको सदस्य पदमा सिफारिस गरेपछि दुई जनालाई मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेश कार्यसमितिले मनोनित गरेका छन् ।
नेपाल मुस्लिम इत्तिहाद संगठन सुनसरीका अध्यक्ष तुफेल अहमद अन्सारीले मुस्लिम इत्तिहाद संगठन कोशी प्रदेश कार्यसमिति सदस्य पदमा मनोनित दुवै जनालाई हार्दिक बधाई तथा सफलताको शूभकामना व्यक्त गरेका छन् ।