सुनसरी,। सुनसरी उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल पत्रकार महासंघ सुनसरी शाखाका पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।
त्यसैगरी संघले हालै धरानमा सरुवा भई आएका सरकारी कर्मचारीलाई पनि स्वागत सम्मान गरेको हो । महासंघका अध्यक्ष सन्तोष काफ्लेसहित पदाधिकारीलाई स्वागत सम्मान गरिएको हो ।
यस्तै इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मी, सशस्त्र प्रहरी बल धरान फुस्रेका डिएसपी देवेन्द्र सिंहलगायतलाई स्वागत सम्मसन गरेको हो । संघका अथ्यक्ष विजय श्रेष्ठले नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारीलाई बधाई ज्ञापन गरे ।