नसीम अन्सारी
इनरुवा,। सुनसरीमा निजामति कर्मचारी यूनियनको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बिषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया स्थगित भएको छ।
युनियन जिल्ला कार्यसमितिले आज माघ २६ गते जिल्ला अधिवेशनसहित नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया एकलौटी रुपमा अगाडि बढाउन खोजदा असन्तुष्ट रहेका समुहले इनरुवा-३ स्थित रहेको ओम साईराम पार्टी प्यालेसमा हुँदै गरेको अधिवेशन कार्यक्रम स्थलमा पुगेर होल्ला गर्दै माइन्युट लेखने रजिस्टर च्यातेर फालदिएको हो।
रजिस्टर च्यातेर फालेपछि विवाद उत्पन्न भएपछि प्रहरीले दुवै पक्षलाई शान्ति पुर्न रुपले सहमतिमा अधिवेशन गर्ने बताउदै गर्दा शिवनारायण यादव र रामकुमार मेहता नेतृत्वमा आएका कर्मचारी तथा कार्याकर्तालेहरुे आन्दोलनमा उतरेपछि झन विवाद उत्पन्न भएको थियो ।
यादव र मेहता समुहले कार्यक्रम स्थलमा लगाएको ब्यानर उतार्न प्रयास गरेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजदा असन्तुष्ट समूह र प्रहरीबीच सम्मान झडप समेत भएको थियो ।
त्यसपछि असन्तुष्ट समूहले कार्यक्रम स्थलमा लगाईको ब्यानर समेत उतारेर च्यातेको थियो । अधिवेशन गर्ने कार्यक्रम मंचमा राखिएको सम्पुर्ण कागजातहरु खोसेर लगिएको अर्को पक्षबाट अध्यक्ष पदका उम्मेदवार रहेका हिरा साहले बताए ।
असन्तुष्ट पक्षका कर्मचारी नेताहरुले निर्वाचन प्रक्रिया नै गलत भएको दावी गर्दै अधिवेशन कुनै हालतमा हुननदिने भएपछि नवौं जिल्ला अधिवेशन स्थगित भएको छ।
विवादपछि असन्तुष्ट पक्षका कर्मचारी नेता शिवनारायण यादवले पत्रकारहरु माझ आफ्नो धारणा गर्दै उनले भने विद्यानअनुसार सदस्यहरुको नाम सार्वजनिक गर्नु पर्नेमा अहिलेसम्म सार्वजनिक नगरी विद्यान विपरित निर्वाचन गर्न खोजेकोले आफूहरु त्यसका विरुद्ध सम्मानित उच्च अदालतमा गएकोमा अदालतले दुबै पक्षलाई माघ २५ गते छलफलका लागि बोलाएको र अहिलेसम्म संस्थाको सदस्य को-को हुन भन्ने विषयमा आम कर्मचारीहरुलाई जानकारी नभएकोले तोकिएको मितिमा निर्वाचन हुन नसक्ने दावी गरे ।
उनले करार, ज्यालादारी र अस्थायी कर्मचारीको सदस्यता फारम भरेको तर उनीहरुलाई मतदानको अधिकारबाट बञ्चित गरेको दावी गर्दै अन्य जिल्लामा सबै सदस्यलाई मतदानको अधिकार प्रयोग गर्न दिएपछि सुनसरीमा षडयन्त्रमुलक रुपमा बञ्चित गर्न खोजिएको आरोप लगाए ।
उनले मतदाता नामावली सार्वजनिक लगायतका विधानअनुसारका कामहरु शिलशिलेवार ढंगल सम्पन्न गरेपछि मात्रै निर्वाचन गर्न माग गर्दै यथास्थितिमा युनियनको अधिवेशन हुन नसक्ने चेतावनी दिए ।
तर नेपाल निजामति कर्मचारी युनियन सुनसरीका अध्यक्ष निखिल पोखरेल भने आफूहरुले विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको र आगामि माघ २६ गते अधिवेशनसहित नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्न निर्वाचन आयूक्त समेत नियूक्त गरी मतदाता नामावली हस्तान्तरण लगायतका सम्पूर्ण कामहरु सम्पन्न गरिसकेकोले विधानअनुसारको अगाडि बढेको प्रक्रियालाई विधानविपरित भन्नु निर्वाचन हुन नदिने षडयन्त्रमात्रै भएको दावी गरे ।
उनले जिल्ला कार्य समितिले माघ १८ गते नै सदस्यताको अन्तिम टुङ्गो लगाएर निर्वाचन आयूक्तलाई नामावली हस्तान्तरण गरिसकेको र अधिवेशनको खुुल्ला सत्र सकिएपछि बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन गर्ने गरी तयारी भएको जानकारी दिए ।
अध्यक्ष पोखरेलले असन्तुष्ट समूहले लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै सदस्यतालाई माघ १८ गते नै टुङ्गो लगाईएको, निर्वाचन आयूक्तलाई सदस्यताको विवरण उपलब्ध गराईसकेको र विद्यानअनुसार सदस्य हुन पाएपछि अस्थायी, ज्यालादारी र अस्थायी कर्मचारीको हकमा मतदानको अधिकार विद्यानले नदिएकोले उनीहरुको आरोपमाथि कुनै सत्यता नरहेको बताए ।
उनले सम्मानित उच्च अदालतले आज छलफलमा बोलाएकोले आफूहरु सबै कागजात बुझाएर न्यायालयलाई समेत गुमराह पार्न खोजेको विषयलाई स्पष्ट पार्ने तयारीसहित निर्वाचनको अन्तिम तयारीमा जुटेको जानकारी दिए ।