सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

इनरुवा,। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित रानीखोला सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२-०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु सोताङ गाउँपालिका-४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका राइको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Related Posts