इनरुवा,। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सुनसरी बहुमुखी क्याम्पस इनरुवाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा सुनिल कुमार मण्डललाई उम्मेदवार बनाएको छ ।
नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेनका अनुसार नेविसंघले मण्डललाई सभापतिका उमेदवार घोषणा गरेको छ।
नेविसंघले अरु ४ संगठनहरुबीच छलफल गरिरहेको छ। सहमति भएपछि नेविसंघको नेतृत्वमा ४ वटै संगठनबाट प्यानल बनाएर भोली २७ गते निर्वाचनको लागि उमेदवारी दर्ता गराउने उनले बताएका छन् ।