सुनसरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा मण्डलको नेतृत्वमा मनोनयन दर्ता

नसीम अन्सारी
इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवा स्थित सुनसरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वमा सुनिल कुमार मण्डलको प्यानलमा उम्मेदवारी दर्ता भएको छ ।

नेविसंघबाट मण्डलको नेतृत्वमा मनोनयन दर्ता गराउन जाने क्रममा नेपाली काँग्रेस पार्टीका वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशका कार्यकर्ता र नेताहरूले क्याम्पसमा आफै उपस्थित भएर नेविसंघको प्यानलका उमेदवारहरुको मनोनयन पत्र दर्ता गराएको नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेनले जानकारी दिएको हो।

सुनिल कुमार मण्डल सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सक्रिय रुपमा रहेको विद्यार्थी हुन् । नेविसंघबाट अध्यक्षमा सुनिल कुमार मण्डल, अनेरास्ववियुबाट सचिवमा योगमाया कार्की, कोषाध्यक्षमा नेविसंघका ममिता कुमारी मेहता, सदस्यहरुमा अर्जुन चौधरी, अर्चना खत्वे र अंजली कुमारी उराँव रहेको छ, भने विद्यार्थी जनमत संघबाट सदस्यमा सुदिप कुमार मण्डल र सृजना मोची रहेका छन् ।

मण्डललाई एकिकृत समाजवादी निकट अनेरास्ववियु, विद्यार्थी जनमत संघको समेत समर्थन रहेको छ । नेविसंघको गढ मानिने सुनसरी बहुमुखी क्याम्पसमा इतिहास दोहोर्याउने तयारीमा छ ।

सुनसरी बहुमुखी क्याम्पस जिल्लाको हरेक राजनीति परिवर्तन र शैक्षिक मुद्दामा नेतृत्व गर्दै आएको क्याम्पस हो । यसको गरिमा बढाउन स्ववियुमा नेविसंघको जीत अनिवार्य छ’,सभापतिमा उमेदवारी दर्तापछि मण्डलले बताए ।

मण्डलले यसपटक नेविसंघले सुनसरी बहुमुखी क्याम्पसमा जित्ने विश्वास व्यक्त गर्दै नेविसंघ नेतृत्वको टिमलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् । चैत ५ गते आइतबार स्ववियु चुनाव हुँदैछ ।

Related Posts