हरिनगरमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित हरिनगरामा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २४७१ नम्बरको ट्र्याक्टरले सडकमा पैदल यात्रीलाई ठक्कर दिदा गम्भीर घाइते भएको थियो ।

गम्भीर घाइते भएको हरिनगर-४ का उमेश मेहतालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उक्त ट्र्याक्टर तथा चालक रुपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको इप्रका हरिनगराले जानकारी दिँदै उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए।

Related Posts