नसीम अन्सारी
इनरुवा,। सुनसरी बहुमुखी क्याम्पस इनरुवाको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ।
मंगलवार सम्पन्न निर्वाचनबाट सभापतिमा नेपाली काँग्रेस निकट नेविसंघका सुनिल कुमार मण्डल नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो।
दुई जनाको प्यानलमा भएको प्रतिस्पर्धामा पछि पार्दै सभापतिमा मण्डलले १४५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका नितेश कुमार यादवले ११७ मत पाएका छन् ।
त्यसैगरी सचिवमा एकिकृत समाजवादी निकट अनेरास्ववियुबाट योगमाया कार्कीले १५५ मत ल्याएर विजय भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका मन्तोष कुमार मण्डलले १०९ मत पाएको छन् ।
नेविसंघबाट कोषाध्यक्षमा ममिता कुमारी मेहताले १५२ मत ल्याएर विजय भएकी हुन् भन्ने उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका भुपराज दासले १०५ मत पाएका छन् ।
यसैगरी सदस्यहरुमा नेविसंघबाट अर्जुन चौधरीले १५४ मत ल्याएर विजय भएका हुन् भन्ने उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका पार्वती कुमारी मण्डलले १०९ मत पाएकी छन् । अर्चना खत्वेले १६२ मत ल्याएर विजय भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मिसोसा सुवेदीले १०५ मत पाएकी छन् । अंजली कुमारी उराँवले १५२ मत ल्याएर विजय भएकी हुन् भन्ने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय विद्यार्थी मंचका रितिक माझीले ९८ मत पाएका छन् ।
त्यसैगरी सदस्यहरुमा विद्यार्थी जनमत संघबाट सुदिप कुमार मण्डलले १५० मत ल्याएर विजय भएको छ भन्ने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय विद्यार्थी मंचका रेहान फजल अन्सारीले ९४ मत पाएका छन् । जनमत संघबाटै सृजना मोचीले १३७ मत ल्याएर विजय भएकी हुन् भन्ने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) निकट अनेरास्ववियुका गिरेन्द्र कुमार साहले ११७ मत पाएका छन् ।
विजयी भएको लिष्ट निर्वाचन अधिकृले सार्वजनिक गरेका छन् । उक्त लिष्ट अनुसार विजय भएका उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ।सुनसरी बहुमुखी क्याम्पस इनरुवामा ३ सय ३० विद्यार्थी मतदाता मध्ये २ सय ६७ जनाले मात्रै मत खसालेका थिए ।