भुटाहा,। सुनसरीको देवानगञ्जमा जग्गा विवादमा ६० वर्षीय बाबुको छोराले छुरा प्रहार गरि हत्या गरेको छ। छोरा मोहम्मद रियाजले बुबाको छाती र ढाडमा छुरा हानेका थिए, उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
प्रहरीले छोरालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ निवासी ६० वर्षीय साबिर अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ ।
आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । उनले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए ।





