हरिनगरवासीमा हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त: अध्यक्ष अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सम्पूर्ण पालिकावासीहरुलाई धन्यवाद व्यक्त गरेको छ।

हरिनगर गाउँपालिकामा जेन-जी युवा पुस्ताहरुले गरेको आन्दोलनमा कुनै किसिमको सरकारी तथा निज सम्पत्तिहरु क्षति नभएकोमा सम्पूर्ण पालिकावासीहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।

जेन-जी युवा पुस्ताले समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्धमा गरेको आन्दोलनमा घुसपैठका कारण देशका धेरै ठाउँमा सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, व्यवसायिक भवन तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट, आग्जनी अशान्ति फैलिए पनि सुनसरीको हरिनगर गाउँपालिका मातहतको कार्यालयहरु भने हरिनगरवासीहरुले देखाएको संयमताका कारण सुरक्षित रहयो।

अध्यक्ष अन्सारीले सिर्जनात्मक युवा पुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न प्रतिबद्धता समेत जनाएको छ।

हरिनगरमा रहेका सबै सरकारी पालिका भवन, वडा कार्यालय भवन , इलाका प्रशासन कार्यालय, नेपाल प्रहरीका इलाका प्रहरी कार्यालय भवन, प्रहरी चोकी भवनहरु, सशस्त्र प्रहरीका विओपि भवनहरु मेरो निजि घर, वडा अध्यक्षहरुको निजी घरहरुमा लगायत कुनै किसिम क्षति नभएको हरिनगरका सम्पूर्ण जेन-जी युवा पुस्ताहरु र स्थानीय पालिकावासीहरु सम्पूर्णमा हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्ने चाहान्छु।

तपाईहरुको करबाट बनेका सम्पूर्ण सरकारी कार्यालयहरुको सुरक्षा गर्न जिम्मेवारी पनि सबै पालिकावासीहरुको रहेका छन् । तपाईहरुले हरिनगरमा सम्पूर्ण सरकारी सम्पत्तिको सुरक्षा गरेर देखाउनु पनि भयो यसको लागि फेरि म धन्यवाद दिन चाहन्छु।

म विशेष धन्यवाद जेन-जी युवा पुस्ताहरुलाई दिन चाहन्छु । हरिनगरमा जेन-जी पुस्ताहरुले गरेको आन्दोलन शान्तिपूर्ण रहेको थियोे । हरिनगरका जेन-जी युवा पुस्ताहरु धेरै ज्ञानी रहेको समेत भनुभयो। जिल्ला , प्रदेश र केन्द्रमा समेत हरिनगरका जेन-जी युवा पुस्ताहरुले देखाएको समाजमा शान्ति सुरक्षा, सामाजिक सद्‍भाव, एकता र सहिष्णुता कायम गरेर उदाहरणको पात्र बनेका छन् ।

Related Posts