नसीम अन्सारी
भुटाहा,। नेपाल डेभलपमेण्ट सोसाइटीद्वारा हरिनगर गाउँपालिकालाई सुविधायुक्त सामुदायिक स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेको छ।
नेपाल डेभलपमेण्ट सोसाइटीले हरिनगर गाउँपालिका वडा नं-५ बस्नतपुर खोलापारी सिशुवामा निर्माण सम्पन्न भएको सुबिधा सम्पन्न दुई कोठे सामुदायिक स्वास्थ इकाई भवन गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीलाई हस्तान्तरण गरेको हो ।
उक्त सामुदायिक स्वास्थ इकाई भवन हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी र नेपाल डेभलपमेण्ट सोसाइटीका प्रतिनिधि अबदुल सत्तार अन्सारीले संयुक्त रुपमा रिवन र व्यानर अनावरण गरि उद्घाटन गर्नु भएको छ ।
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा-५ वसन्तपुर खोलापारी एकदमै विकट क्षेत्र मानिएको शिशुवामा नेपाल डेभलपमेण्ट सोसाइटीले कुवेतको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रहमा ग्लोबल सोसाइटीका करिब १६ लाख १२ हजार ४५५ चार सय पचपन्न रुपैया बराबरको आर्थिक सहयोगमा भवन सम्पन्न भएको छ।
बिहिबार भवन उद्घाटन गर्नु हुदै अध्यक्ष अन्सारीले नेपाल डेभलपमेन्ट सोसाइटीले हरिनगर गाउँपालिकालाई स्वास्थ्यमा योगदान गरेको बताउनुभयो। उहाँले पुरानो जस्तापाताको घर कोठाबाट सेवा दिदै आएकोमा पक्कि सुविधा सम्पन्न भवनले सेवा प्रबाहमा सहज हुने भएको बताउनुभयो।
नयाँ भवन गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेकोले अध्यक्ष गफार अन्सारीले उद्घाटन गर्नु भएको छ। उक्त भवन निर्माणले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा सहज,सरल र सुलभ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष सिकमलाल यादवले जानकारी दिनु भयो।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्य, हरिनगर स्वास्थ्य प्रमुख प्रकाश थापा मगर, प्राथमिक स्वास्थ्य केन्द्र हरिनगराका प्रमुख डा, रिजवान अन्सारी, सामुदायिक स्वास्थ इकाईका प्रमुख डा। अजाद अन्सारी, प्रधानाध्यापक नजामुद्दिन अन्सारी, समाजसेवी समिम अन्सारी, सुनसरी क्षेत्र नम्बर-४ प्रदेश (ख)का सचिव नईम अन्सारी, नेपाली काँग्रेस ५ नम्बर वडा सभापति मसुदन मण्डल, कर्मचारीहरू, जनप्रतिनिधि, संचारकर्मी, प्रहरी र स्थानीयहरुको उपस्थिति रहेको थियो।








