इनरुवा,। सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि गफार अन्सारीसहित ५ जनाकाे नाम सिफारिस भएको छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट ५ जनाको नाम सिफारिस भएको हो ।
प्रतिनिधिसभा निर्वाचनलाई ध्यान राखेर नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रीय कार्यसमितिको बैठकले आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि ५ जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेका छन् ।
नाम सिफारिस हुनेहरुमा गफार अन्सारी, डिल्ली कार्की, डा। अबुल हुसेन अन्सारी, नवीन श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्कीको नाम क्षेत्रीय कार्यसमितिको बैठकले सिफारिस गरेका छन् ।
सुनसरी ४ ज्ञानेन्द्र कार्कीकै निर्वाचन क्षेत्र हो। उनी यसअघि सोही क्षेत्रबाट दुई पटक निर्वाचित हुँदै आएका थिए।





