इटहरीमा महिलाको शव फेला, हत्या भएको आशंका

इटहरी,। इटहरीमा महिलाको शव फेला परेको छ । इटहरी ४ स्थित सेतो बङ्गला बोर्डिङ स्कूल नजिकै टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव भेटिएको हो ।

शव सङ्खुवासभा मादी घर भई हाल इटहरी ४ मा कोठाभाडामा बस्दै आएकी सीता लिम्बूको रहेको इलाा प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । हत्या भएको आशंकापछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

Related Posts